२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

नक्कली भिसा कार्डबाट रकम निकाल्ने ५ चिनियाँ पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले नक्कली भिसा कार्ड बनाएर एटीएमबाट पैसा निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजिनक गरेको छ ।

नक्कली भिसा कार्डबाट रकम निकाल्ने ५ चिनियाँ पक्राउ

उनीहरु नक्कली भिसा कार्डबाट बिभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने काममा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १३२ वटा नक्कली र १७ वटा सक्कली भिसा कार्ड समेत बरामद गरेको छ ।

शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट उनीहरु पक्राउ परेका हुन् । उक्त समूहले बिभिन्न बैकका एटीएमबाट १ करोड २६ लाख निकालिसकेका छन् । प्रहरीले उनीहरुको साथबाट ९ हजार अमेरिकन डलर बरामद गरेको छ ।

उक्त समूह सोमबार चीन उड्ने तयारीमा थियो ।

प्रकाशित : भाद्र १५, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?