कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जाजरकोटमा पहिरोले घर पुरिँदा आमासहित २ छोरीको मृत्यु

भीमबहादुर सिंह

काठमाडौँ — भेरी नगरपालिका २ तिमिले गाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय दलबहादुर ओलीको घर पुरिँदा उनकी श्रीमती ३२ वर्षीया पार्वती ओली, छोरीहरु ९ वर्षीया मोतिकला र ३ वर्षीया धनसरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनास्थलमा उद्धार गरिसकिएको प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार घर मुली दलबहादुर घाइते छन् । उनलाई अस्पताल लाने तयारी भइरहेको छ ।


प्रकाशित : भाद्र १५, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?