कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रारामा पानीको सतह ४ मिटर बढ्यो

राजबहादुर शाही

मुगु — देशकै एक प्रमुख पर्यटकीय गन्तब्य रारामा पानीको सतह बढेको छ । पहिलेको तुलनामा करिब ४ मिटरमाथि पानीको सतह बढेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

रारामा पानीको सतह ४ मिटर बढ्यो

निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले २०६२/६३ सालयता पानीको बहाव बढी देखिएको बताए । पानीको सतह बढेर माथि मानिस चौपाया बस्तु हिँडने बाटोसम्म पुगेको उनको भनाइ छ ‘दुई–तीन स्थानमा त तालको पानीले बाटो नै अबरोध गरेपछि यताउति हिँडडुल गर्न कठिनाइ भएको छ,’ उनले भने ।

तीन वर्षअघि जिल्लामा ठूलो खडेरी हुँदा रारा तालको पानी ५ मिटर तल घटेको थियो । ठूलो बर्षा हुँदा तालको पानी बढ्ने र खडेरी पर्दा घट्ने गरेको स्थानीयको भनाइ छ ।

बर्षाले तालभित्र रहेका पानीका मुहान र ताल वारिपारि आउने पानीको मुहान बढेपछि तालको सतह बढोे हुनसक्ने निकुन्जले जनाएको छ । रारा तालको निकास रहेको खत्याडखोलाको पानीको बहाव पनि बढेको छ । चैत–बैशाखमा सुख्खा देखिएको खत्याडखोलामा आजकल भेल उर्लिन थालेको भण्डारीले बताए ।

रारा ताल वारिपारिबाट मिसिने ठूलादेखि साना गरि करिब ३ सय खोलानालामा पानी बढेको छ । तालका असला माछा खोलानालातिर सर्न थालेका छन् । खोलानालातिर माछा सर्न थालेपछि मध्यवर्ती बस्तीका स्थानीय राति चोर्न जान थालेका छन् । दिउँसो निकुञ्जका कर्मचारी र हुटुस्थित नेपाली सेनाले तालमा माछा मार्न नदिने गरेपछि राति लुकेर खोलाको मुहान थुनेर माछा मार्ने गर्छन् ।

प्रकाशित : भाद्र १४, २०७६ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?