१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

साताका उत्कृष्ट ७ तस्बिर

काठमाडौँ — चक्रपथ विस्तारका क्रममा रुख काटिने भएपछि सरोकारवालहरुले विरोध जनाइरहेका छन् । यो साता कान्तिपुर डटकममा चक्रपथ विस्तारका क्रममा रुख काटिने भएपछि सरोकारवाहरुले जथाभावी रुख नकाट्न माग गर्दै रुखमा अंगालो हालेको तस्बिर प्राथमिकताका साथ छापियो । पुन:निर्माण र पैदल यात्रीले जोखिम मोलेर बाटो काट्दै गरेको तस्बिरले पनि प्राथमिकता पाए । त्यस्तै फलामे फड्केबाट नख्खु खोला तर्दै गरेका बालबालिकाहरु,पन्जरा पर्व,बाग्मती पुलमुनी फसेको गाडीबाट निस्कन प्रयास गर्दै रहेका गाडी चालक लगायतका तस्बिरहरु पनि छापिएका थिए ।

साताका उत्कृष्ट ७ तस्बिर
साताका उत्कृष्ट ७ तस्बिर
चक्रपथको कलंकी बालाजु महाराजगन्ज सडक खण्ड विस्तारका क्रममा रुखहरु नकाट्न माग राख्दै गरिएको कार्यक्रमङ्गँ रुखलाई अङालो हाल्दै । तस्बिर : सन्जोग मानन्धर

साताका उत्कृष्ट ७ तस्बिर
काठमाडौंको सामाखुसीमा अवस्थित घरको भित्तामा राहेको हनुमानको मूर्ति भत्काउँदै कामदार । घर पुरानो भएको र नयाँ बनाउनको लागि भात्काईएको हो । तस्बिर : कबिन अधिकारी

साताका उत्कृष्ट ७ तस्बिर

रानीपोखरीबीचको बालगोपालेश्वोर मन्दिर भत्काउँदै कामदार । भुईँचालोले भत्काएको गुम्बज शैलीको मन्दिर विज्ञको सुझावमा जगैदेखि भत्काई ग्रन्थकुट शैलिमा बनाइने भएको छ। तस्बिर : केशव थापा

साताका उत्कृष्ट ७ तस्बिर
राजधानीको कोटेश्वरस्थित आकाशे पुल मुनिबाट जोखिम मोलेर बाटो काट्दै पैदाल यात्री । तस्बिर : इलिट जोशी

साताका उत्कृष्ट ७ तस्बिर
पन्जरा पर्वको अवसरमा सहभागी हुँदै भक्तपुरका बौद्ध धर्मवालम्बी नेवार समुदाय । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीको दिन बौद्ध धर्मावलम्बी नेवार समुदायले पन्जरा पर्व मनाउँछन् । अन्न,गेडागुडी फलफूल सख्खर पानी (सर्वत) र औषधिको दान गरिन्छ । यस दिन भक्तपुरका विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धको नगर परिक्रमा गराएर र दान दिएर पन्जरा पर्व मनाइन्छ । तस्बिर : अंगद ढकाल

साताका उत्कृष्ट ७ तस्बिर
सानेपास्थित बाग्मती पुल मुनि जमेको पानीमा फसको गाडीबाट निस्कन प्रयास गर्दै गाडीका चालक लगायत । तस्बिर : हेमन्त श्रेष्ठ


प्रकाशित : भाद्र १४, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?