अन्तरपार्टी निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाले पार्टी एकताका काम सकेपछि पार्टीको संगठन परिचालनका लागि अभियान सञ्चालन गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता भएपछि दोस्रो अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टी एकताको सन्देश दिने गरी मुलुकभर अभियान सञ्चालन गर्न लागेको उल्लेख गरेका छन् । 

अध्यक्ष केपी शर्मा ओलीले पार्टीका काम सञ्चालन गर्न अनुमति दिएपछि अध्यक्ष दाहालले सचिवालयबाट अहिलेसम्म भएका निर्णयहरूलाई निर्देशनका रूपमा तल्लो तहमा पठाएका हुन् । चाँडै एकता सक्ने चाहना हुँदाहुँदै समयमा काम नसकेको दाहालले उल्लेख गरेका छन् । उनले पार्टीका निर्णयहरूलाई गम्भीरतापूर्वक लागू गर्न तल्लो तहलाई निर्देशन दिएका छन् ।

प्रकाशित : भाद्र १४, २०७६ ०७:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

'समानताका आधारमा एकता’

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्षमण्डलले समाजवादी पार्टीसँग सम्मान र समानताका आधारमा एकीकरण गर्ने निर्णय गरेको छ । 

राजनीतिक समितिको बैठक स्थगित भएपछि शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकमा पार्टी एकीकरणका विषयमा छलफल भएको थियो । वार्ता समितिका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग भएका अनौपचारिक वार्ता र प्रगतिबारेमा बैठकलाई जानकारी गराएका थिए । दुई पार्टी एकीकरण महाधिवेशन अघि कि पछि भन्नेमा राजपाभित्र विवाद देखिँदै आएको थियो । अध्यक्षमण्डलमा रहेका ६ सदस्यमध्ये संयोजक राजकिशोर यादव र सदस्य अनिल झा महाधिवेशनपछि मात्रै पार्टी एकता गर्नुपर्ने पक्षमा छन् । अन्य सदस्यहरूले महाधिवेशनअघि नै एकीकरण प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिँदै आएका छन् । यसैमा पार्टीभित्र विवाद बढेपछि अध्यक्ष मण्डलका संयोजक यादवले राजनीतिक समितिको बैठक बोलाएका थिए । मण्डलका ६ सदस्यहरूबीचको सहमतिमा मात्रै राजनीतिक समितिको बैठक बोलाउने प्रचलन छ । त्यसविपरीत एकलौटी रूपमा बैठक बोलाएको भन्दै बहुमत सदस्यले विरोध गरेपछि शुक्रबारका लागि बोलाइएको राजनीतिक समितिको बैठक स्थगित भएको थियो । ‘अध्यक्षमण्डलको बैठकमा पार्टी महाधिवेशन र पार्टी एकीकरणबारे छलफल भयो,’ यादवले भने ।

अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले वार्ता सकारात्मक रूपमा अघि बढेको जानकारी बैठकमा आएको बताए । ‘सम्मान र समानताका आधारमा पार्टी एकीकरण गर्न अघि बढेका छौं, धेरै लामो समय जाँदैन,’ उनले भने, ‘सकभर महाधिवेशनअघि नै एकता भइसक्छ ।’ समाजवादी पार्टीको बुधबार बसेको बैठकले पार्टीको सांगठनिक संरचना, नेताहरूको व्यवस्थापन, राजनीतिक विचारलगायत विषयमा कुरा मिलीसके पनि राजपाले निर्णय लिन नसक्दा एकीकरणमा ढिलाइ भएको प्रतिक्रिया दिएको थियो । ‘कुरा सकारात्मक ढंगले अघि बढेको छ,’ भण्डारीले थपे, ‘अब ठोस रूपमा वार्ता समितिबीच छलफल हुनेछ ।’

प्रकाशित : भाद्र १४, २०७६ ०७:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्