१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

हिमालको हिउँ उपयोग गर्ने ज्ञान जरुरी : खनाल

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले समाजवादी शिक्षा समान हैसियतमा सीपमूलक, सिर्जनशील र उत्पादनशील हुनुपर्ने बताएका छन् ।

हिमालको हिउँ उपयोग गर्ने ज्ञान जरुरी : खनाल

‘नेपाली धरातलमा समाजवाद निर्माण गर्ने हो,’ नेपाल समुद्र नजिक नभएकाले पौडिने सीपभन्दा हिमालको हिउँको उपयोग गर्ने ज्ञान जरुरी रहेको उल्लेख गर्दै खनालले भने, ‘हिमालको हिउँको प्रयोग सिकायौं भने अर्थपूर्ण हुन्छ । जलस्रोत, पर्यटनको ज्ञान सीप महत्वपूर्ण छ । समाजवाद निर्माण गर्न व्यवहारसँग गाँसिने नयाँ अनुशासन, नैतिकता, संस्कृति सिकाउनु पर्छ । श्रम र ज्ञान दुवै जोडिएको हुनुपर्छ ।’


विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोसिएसन नेपाल (यूएसटीएएन)को मुखपत्र ‘उर्नी' सार्वजनिक कार्यक्रममा बोल्दै नेता खनालले अध्ययन अनुसन्धानलाई जोड दिनु पर्ने र त्यसबाट आएको परिणामलाई व्यवहारमा लागू गर्नुपर्ने बताए ।


‘समाजवाद निरन्तर प्रक्रिया हो, कुनै सूत्र होइन,’ उनले भने, ‘पूर्वीय सभ्यताको गहन अनुसन्धान हुनुपर्छ ।’

प्रकाशित : भाद्र १३, २०७६ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?