यातायात कार्यालय धनगढीका प्रमुख र दुई अधिकृत घुससहित पक्राउ

अर्जुन शाह

धनगढी — यातायात व्यवस्था कार्यालय धनगढी कैलालीका प्रमुख गम्भीरसिंह बिष्टसहित तीन अधिकृतलाई अख्तियारको टोलीले घुससहित कार्यालयबाटै पक्राउ गरेको छ ।

यातायात कार्यालय धनगढीका प्रमुख र दुई अधिकृत घुससहित पक्राउ

बिहीबार साँझ कार्यालय प्रमुख बिष्ट, शाखा अधिकृतहरु भुवन जोशी र जयराज कारिगरलाई अख्तियारको महेन्द्रनगर कार्यालयको टोलीले पक्राउ गरेको हो । आयोगका कर्मचारीले उनीहरुबाट १ लाख ६६ हजार बरामद गरेका हुन् । उनीहरुले गाडी नामसारी गर्दा रकम लिएको बुझिएको छ।


प्रमुख बिष्ट यसअघि नै संघमा समायोजन भएर बझाङको स्थानीय तहमा कार्यकारी अधिकृतमा सरुवा भइसकेका थिए । यातायात कार्यालयमा काजमा बस्दै आएका उनले पछिल्लो पटक पनि म्याद थप गराएर काजमै बसेको एक कर्मचारीले बताए । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।

प्रकाशित : भाद्र १३, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?