३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एकतापछि अनेरास्ववियूको एउटै कार्यालय

काठमाडौँ — नेकपाअन्तर्गतका दुई विद्यार्थी संगठन एकीकृत भएको तीन महिनापछि एउटै कार्यालयमा आवद्ध भएका छन् । पार्टीका विद्यार्थी इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकालको उपस्थितिमा बिहीबार बागबजारस्थित कार्यालयको उद्घाटन गरिएको हो । 

एकतापछि अनेरास्ववियूको एउटै कार्यालय

पूर्वएमाले निकट अनेरास्ववियु र पूर्व माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) गत जेठमा एकताको घोषणा भएको थियो । घोषणासँगै संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङ तोकिएका थिए । एकतासँगै संगठनको नाम ‘अनेरास्ववियू’ राख्नेसमेत निर्णय भएको थियो ।


‘संगठन एकतापछि बिहीबार एउटै कार्यालयको उद्घाटन र संयोजक र सहसंयोजकको पदभार ग्रहणको कार्यक्रम सम्पन्न गरेका छौं,’ अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले भने, ‘विद्यार्थी इन्चार्जले यही भदौभित्र केन्द्रदेखि क्याम्पस तहसम्म एकताको प्रक्रिया पूरा गर्ने जानकारी दिनु भएको छ ।’ अब अनेरास्ववियू संघीय (केन्द्रीय), प्रदेश, जिल्ला र क्याम्पस कमिटी रहने छन् ।

कार्यालय उद्घाटन समारोहमा विघटित संगठनका पूवैअध्यक्षहरू रामकुमारी झाँक्री, ठाकुर गैरे, लेखनाथ न्यौपाने, माधव ढुंगेल, रमेश मल्ल, नबिना लामालगायतको उपस्थिति थियो ।


तस्बिर : सुरेन्द्र बस्नेतको फेसबुकबाट


प्रकाशित : भाद्र १२, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?