२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अधिकांश भू–भागमा वर्षाको सम्भावना

रासस

काठमाडौँ — मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले बिहीबार देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै  मेघगर्जन र  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

अधिकांश भू–भागमा वर्षाको सम्भावना

देशको पूर्वी भाग नजिक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए । पूर्व र मध्य भागमा मौसमी गतिविधि सक्रिय भएको उनको भनाइ थियो ।


“उक्त रेखा भोलि पश्चिमी क्षेत्रसम्म आइपुग्ने हुनाले देशको धेरैजसो स्थानमा शुक्रबार बेलुकाबाट भारी वर्षाको सम्भावना रहेको छ”, मौसमविद् नगरकोटीले भने । हाल देशैभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । बताइएको छ ।


त्यस्तै शुक्रबार र शनिबार पनि देशैभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र शुक्रबार मध्य र पश्चिका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रकाशित : भाद्र १२, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?