सभापतिका ११ गाडीको छानबिन हुँदै

काठमाडौँ — संघीय संसद् सचिवालयले संसदीय समिति सभापतिहरूका लागि किनेका ११ वटा नयाँ स्कर्पियो गाडी एक महिनामै बिग्रिएपछि गठित छानबिन समितिले सरोकारवाला निकायलाई बोलाएर सोधपुछ गरेको छ । छानबिन समिति संयोजक रामनारायण बिडारीले गाडी बिक्रेता कम्पनीका सञ्चालकलाई बोलाएर जवाफ मागिएको बताए ।

सभापतिका ११ गाडीको छानबिन हुँदै

‘मौखिक सोधपुछ गर्‍यौं, अब दुई दिनमा लिखित जवाफ दिन भनेका छौं,’ उनले भने, ‘कम्पनीलाई आफ्नो भनाइ राख्न दुई दिन दिएका हौं ।’


गाडीको सत्यतथ्य पत्ता लगाउन प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति बिडारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको थियो । भदौ २ गते काम थालेको समितिले १७ गतेभित्र छानबिन सक्ने जनाएको छ । समिति सदस्यमा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेल, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट छन् ।


समितिले हालसम्म खरिद प्रक्रियामा संलग्न संसद् सचिवालयका कर्मचारी, खरिद अनुगमन कार्यालयबाट विज्ञ बोलाएर खरिद प्रक्रिया र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट वरिष्ठ मेकानिक्स बोलाएर गाडी जाँच गरेको छ । बिडारीले अहिले छानबिनकै क्रममा रहेकाले अन्य त्रुटिबारे बताउन नमिल्ने बताए । संसदका १६ वटा समितिमध्ये सचिवालयले पछिल्लो लटमा ११ सभापतिलाई गाडी किनेको हो । ती गाडी महिन्द्राको नेपालस्थित अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेट प्रालिसँग खरिद गरिएको हो । कुनै गाडीमा गियर, कुनैमा स्टार्ट, अधिकांशमा झ्यालढोकाका सिसा खोल्न–लगाउन गाह्रो र कुनैमा वाइफरको समस्या थियो । सबै गाडीमा स्पिकर खराब भेटिएको थियो जुन बिक्रेता कम्पनीले संसद् सचिवालयमै आएर फेरेको थियो ।


यो पनि

प्रकाशित : भाद्र ११, २०७६ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?