कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ज्येष्ठ नागरिकलाई छुट दिन सकिँदैन : संघ

काठमाडौँ — वायुसेवा सञ्चालक संघले ७० वर्षमाथिका नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन नसकिने जनाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोमबार एकवर्षे कार्ययोजना सार्वजनिक गर्दै आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई छुट दिइने घोषणा गरेका थिए । यसबारे धारणासहित संघले मंगलबार मन्त्रालयमा जवाफीपत्र पठाएको अध्यक्ष पवित्र कार्कीले कान्तिपुरसँग बताए ।


‘पर्यटनमन्त्रीले हामीसँग सल्लाह नै नगरी यो कार्यक्रम ल्याउनुभएछ,’ यसबारे हामीले गरेको सदस्यहरूसँगको बैठकपछि ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन सक्दैनौं भनेर लिखित विवरण पठाएका छौं,’ कार्कीले भने । संघले मंगलबारै पत्र मन्त्रालयमा दर्ता गराएको छ । भट्टराईले निजी वायुसेवा सञ्चालकहरूसँग समन्वय गर्दै तीन महिनाभित्र अध्ययन गरी यो लागू गर्ने घोषणा गरेका थिए । संघका १५ सदस्य वायुसेवा कम्पनीले पछिल्लो आर्थिक अवस्थासहित वायुसेवा कम्पनीको विस्तृत विवरण मन्त्रीलाई पठाएका हुन् ।

प्रकाशित : भाद्र ११, २०७६ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?