कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पर्यटनमन्त्रीको प्रश्न– 'पोखराबाट प्लेनमा के बोकाएर पठाउनुहुन्छ ?'

दीपक परियार

पोखरा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरे । विमानस्थल निर्माणको प्रगतिबारे जानकारी लिए । जनप्रतिनिधिका कुरा र स्थानीयका गुनासा पनि सुने । सबैका कुरा सुनेपछि जनप्रतिनिधितिर फर्कदै उनले सोधे– 'मान्छेबाहेक प्लेनमा बोकाएर पठाउने के छ तपाईंहरुसँग ?'

पर्यटनमन्त्रीको प्रश्न– 'पोखराबाट प्लेनमा के बोकाएर पठाउनुहुन्छ ?'

अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि हवाइजहाजले मान्छे मात्रै नबोकेर व्यापार पनि गर्नुपर्ने उनले बताए । ‘यहाँबाट कार्गो हुन सक्छ । कार्गोका निम्ति मालसामान चाहियो । पोखराका जनप्रतिनिधि साथीहरु हुनुहुन्छ, प्लेनले के बोकेर जान्छ ? मान्छेमात्रै बोकेर जान्छ कि माल बोकेर जान्छ ?,’ उनले भने, ‘माल बोकेर जानुपर्‍यो । माल के छ तपाईंहरुसँग ? तपाईंले के माल बोकाएर पठाउनुहुन्छ प्लेनमा ? सोच्नुस् ।’ उनले प्यासेन्जर फ्लाइटमा मात्रै जहाज नाफामा नजाने बताए ।

भने, ‘मान्छेमात्रै बोकेर प्लेन फाइदामा हुँदैन । माल बोक्नुपर्‍यो । के–के उत्पादन गर्नुहुन्छ ? टनका टन माल बोकेर जानुपर्‍यो ।’


विमानस्थल बनिसकेपछि पोखराका हालका सडक उपयुक्त नहुने, हालकै होटलले व्यापार गर्न नसक्ने बताए । सडकलगायत पूर्वाधार स्तरीय बनाउन तयारी थालिहाल्नुपर्ने आवश्यकता उनले औंल्याए । सडकको कुरा पोखरा विमानस्थलसँग सम्बन्धित भएपनि आफ्नो जिम्मा नभएको उनले जनाए । त्यसका लागि आवश्यक परे आयोजना, प्रदेश र स्थानीतहबीच समन्वय गर्ने संयन्त्र बनाउनपर्ने उनले बताए ।

मन्त्री भट्टराईले पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले हरेक दिन अनुगमन भइरहने बताए । उनका अनुसार अध्यागमनले ग्राउन्ड ह्यान्डलिङ, भिसा जाँच, कस्टम लगायतका लागि आवश्यक तयारी गरेको छ ।

प्रकाशित : भाद्र ११, २०७६ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?