३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कांग्रेस बैठक बुधबार, अनौपचारिक समझदारी जुटाउन देउवाको प्रयास

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार सुरु हुँदै छ । साउन २९ मा स्थगित बैठककै निरन्तरताकै रूपमा बैठक बस्न लागेको हो ।

कांग्रेस बैठक बुधबार, अनौपचारिक समझदारी जुटाउन देउवाको प्रयास

यसको तयारीस्वरूप कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा छलफल हुने एजेन्डाबारे अनौपचारिक समझदारी जुटाउने प्रयास गरेका छन् । एकै पटक बैठकमा छलफल सुरु गर्दा विवाद बढेपछि देउवाले बैठकअघि नै अनौपचारिक सहमति जुटाउन खोजेका हुन् ।


पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवाले पार्टी पदाधिकारी, वरिष्ठ नेतासहितको शीर्ष बैठक राखेर केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल चलाएका थिए । बैठकमा विघटित भ्रातृ संस्थाको पुनर्गठन, नियमावली संशोधन, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र मान्यता प्रदान, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संस्था र जनसम्पर्क समितिबारे आवश्यक निर्णय लिने विषयमा छलफल हुँदै छ । बैठकअघि नै नेताहरूबीच मोटामोटी समझदारी गर्न अनौपचारिक बैठकमा छलफल भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।


प्रकाशित : भाद्र १०, २०७६ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?