कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

आजबाट सवारी मेला

काठमाडौँ — आज (मंगलबार) बाट १४ औं संस्करणका रूपमा नाडा अटो सो सुरु हुँदै छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने सोमा यस क्षेका १ सय ६० वटा स्टल राखिएको छ ।

आजबाट सवारी मेला

सो सुरु हुने औपचारिक कार्यक्रमको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्दै छन् । यो पटकको मेलाको व्यवस्थापन पक्षलाई बलियो र व्यवस्थित बनाइएको एसोसिएसनले जनाएको छ ।

प्रदर्शनीस्थलमा अवलोकनकर्ताको सुविधाका लागि अस्थायी आकाशे पुल निर्माण गरिएको छ । जसले अवलोकनकर्तालाई आवत जावतमा सजिलो हुने नाडाले जनाएको छ । आइतबारसम्म चल्ने मेलामा ७५ हजार दर्शकले अवलोकन गर्ने दाबी आयोजकको छ । सोमा नयाँ ब्रान्ड मुख्य आकर्षण बन्ने नाडा अटो सो–२०१९ का संयोजक निराकर श्रेष्ठले बताए ।

‘मेलाको सबै तयारी सकिएको छ । मंगलबार बिहान उद्घाटन गर्न मात्र बाँकी छ,’ संयोजक श्रेष्ठले भने, ‘तर पानी परेर केही समस्या होला कि भन्ने डर छ ।’ प्रदर्शनीमा चारपांग्रेतर्फ २३, दुईपांग्रेतर्फ १९ वटा ब्रान्डको सहभागिता रहनेछ ।


प्रदर्शनीमा १२ वटा लुब्रिकेन्ट्स, टायरका ९ वटा ब्रान्ड, ब्याट्रीका ५ र ग्यारेज उपकरणसम्बन्धी १४ वटा ब्रान्ड देख्न पाइनेछ । अहिले ९५ ब्रान्ड तथा कम्पनीको सहभागिता रहनेछ । अवलोनकर्ताले सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट पाइने ऋण र यससम्बन्धी बिमाबारे पनि जानकारी पाउनेछन् । १३ वटा बैंक तथा वित्तीय संस्थाको छुट्टै स्टल राखिएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?