कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पुडासैनी आत्महत्या प्रकरण : रविलाई मुद्दाको विषयमा सार्वजनिक रुपमा बोल्न रोक [आदेशसहित]

रमेशकुमार पौडेल

चितवन — माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा सोमबार धरौटी माग गरिएका सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेललाई अदालतले मुद्दाका विषयमा सार्वजनिक टिका टिप्पणी गर्न समेत बन्देज लगाएकाे छ ।

पुडासैनी आत्महत्या प्रकरण : रविलाई मुद्दाको विषयमा सार्वजनिक रुपमा बोल्न रोक [आदेशसहित]

अदालतले लामिछाने र उनको सहयोगीलाई आफ्नो टिभी कार्यक्रम र सामाजिक सञ्जालमा समेत पुडौसोनी आत्महत्या सम्बन्धमा कुनैपनि प्रतिक्रिया नदिन आदेश दिएको छ । चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न आजै आदेश दिएको थियो ।

अदालतले न्यायिक प्रक्रियामा असर पुग्ने भन्दै यस प्रकरणसँग सम्बन्धित विचार तथा प्रतिक्रियाहरु कहीँ कतै व्यक्त नगर्न आदेश दिएको अदालतका श्रेस्तेदार रुद्रमणि गिरिले बताए ।अदालतले रविको कार्यक्रम र अन्य विषयवस्तुको प्रसारणमा भने कुनै रोक लगाएको छैन ।


श्रेष्तेदार गिरिले भने, 'अरु खालका कार्यक्रमहरुलाई रोक लगाइएको छैन । यो मुद्दासँग सम्बन्धित विषयलाई लिएर कार्यक्रममा बनाएरर सञ्चालन गर्न पाइन्न मात्र भनिएको हो । '


तत्काल प्राप्त प्रमाणहरुलाई आधार मानेर रवि र युवराजसँग मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ७० बमोजिम धरौटी माग गरिएको श्रेस्तेदार गिरिले बताए । यस्तै उनीहरुलाई कारणवश विदेशमा उपाचार गराउन जानुपर्ने भएपनि अदालतसँग स्वीकृति लिनुपर्ने आदेश उल्लेख छ ।

हेर्नुहोस् अदालतको आदेश:


प्रकाशित : भाद्र ९, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?