कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बयान दिँदादिँदै अभियुक्तको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — लागूपदार्थ ओसारपसार गरेको आरोपमा पक्राउ परी सरकारी वकिलको कार्यालयमा बयान दिँदादिँदै अचेत भएका एक अभियुक्तको मृत्यु भएको छ । सुनसरीको इनरुवास्थित सरकारी वकिलको कार्यालयमा बयान दिँदादिँदै आइतबार ३ बजे ५६ वर्षीय बनवारीलाल शर्मा अचेत भएका थिए ।

बयान दिँदादिँदै अभियुक्तको मृत्यु

अचेत भएपछि उनलाई इनरुवा अस्पतालमा पुर्‍याइएको थियो । उनको थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो । त्यहाँ उनलाई आईसीयूमा राख्नुपर्ने तयारी गर्दा गर्दै राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीले एकसाता अघि इटहरीबाट कारमा आइरहेका बेला तीनकुने चेकपोष्टबाट शर्मा र कारचालक रुविन श्रेष्ठलाई २८ बोतल डाइलेक्स लागूपदार्थसहित पक्राउ गरेको थियो । शर्मा धरानमा सौन्दर्य सामग्रीको विक्रेता थिए ।


के कारणले शर्मा अचेत भए भन्ने रहस्य भने खुलेको छैन । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने धरानका डीएसपी ढुण्डीराज न्यौपानले बताए । शर्माको मृत्यु भएकाले उनको लागूपदार्थ सम्बन्धी मुद्दा खारेज हुने र कारचालक रुविन श्रेष्ठको भने थप प्रकृया बढ्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ९, २०७६ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?