कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै पुल दुई पटक उद्घाटन

सिन्धुपाल्चोक — बलेफी र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने मोटरबेल पुलको बाजागाजासहित शनिबार दोस्रो पटक उद्घाटन भइरहँदा स्थानीय खुबै अचम्मित देखिन्थ्ये । गत चैतमा तयार भइसकेको पुल एक महिनाअघि स्थानीयले खाबो हटाउँदै उदघाट्न गर्दै सुचारु गरेका थिए ।

एउटै पुल दुई पटक उद्घाटन

अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसहित प्रदेशमन्त्री, सांसदको जम्बो टोलीले रिबन काट्दै पुल सञ्चालन भएको घोषणा गरे ।

‘यो कस्तो अचम्म हो, एउटै पुलको दुई पटक उदघाट्न भयो, बाँच्नु मात्रै पर्दोरहेछ अनेक देख्न पाइने रहेछ,’ दुवै उदघाट्नमा सहभागी ६० वर्षीय सोनाम लामाले भने । बलेफी ८ र त्रिपुरासुन्दरी ६ जोड्ने सुनकोसी मोटरबेल पुल नेता, मन्त्री र सांसदले उद्घाटन गर्ने खबर पाएका स्थानीयले खुब कुर्नुपरेको उनले सुनाए ।

चैतमै सकिएको पुल निर्माण वर्षात सक्दा पनि ठूलाको उद्घाटन पर्खाएर सञ्चालनमा ल्याइएको थिएन । ‘६ महिनापछि बल्ल ठूला मान्छेबाट उदघाट्न भयो, त्यही प्रवृत्तिलाई लत्याएर उबेला स्थानीयले चलाइसके,’ उनले भने । कार्यक्रममा मन्त्री महासेठ, प्रदेश ३ का पर्यटन तथा वनमन्त्री अरुण नेपाल, सांसद्वय अग्निप्रसाद सापकोटा र सुरेश नेपालसहित जनप्रतिनिधि उपस्थित थिए ।

६ वर्षमा बन्यो पुल

चरिकोट सडक डिभिजन कार्यालयका इन्जिनियर गार्गल भण्डारीका अनुसार चैत महिनामा सुविधाजनक मोटरवेल पुल सकिएको थियो । दश करोड ९० लाख बराबरको लागतमा बनेको मोटरवेल पुल २०७१ सालमा ठेक्का प्रक्रिया सकेर बनाउन थालिएको थियो ।

०७१ जुरे पहिरो र ०७२ भुकम्प, बर्खापिच्छैको पहिरो, कोसी कटानले बारम्बार अवरोध भएपछि पुलको काम रोकियो । विपत्ती सहँदै सोवर्ण निर्माण सेवा कम्पनी ठेकेदार अर्जुन थापाले ६ वर्षमा झोलुंगे मोटरवेल पुल निर्माणलाई टुंग्याए ।

प्रकाशित : भाद्र ९, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?