१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चितवनमा रवि समर्थकमाथि अश्रुग्यास प्रहार, १० जना गिरफ्तार

प्रदर्शनकारीको ढुंगा लागेर ४ प्रहरी घाइते
रमेशकुमार पौडेल

चितवन — आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेको रिहाइको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय परिसरमा हुलदंगा मच्चाउनेमाथि अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकारीले कार्यालयमा ढुंगामुढा गर्न थालेपछि आइतबार साँझ प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

चितवनमा रवि समर्थकमाथि अश्रुग्यास प्रहार, १० जना गिरफ्तार

ढुंगा प्रहारबाट चार प्रहरी घाइते भएका छन् भने १० प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।


टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित तीन जनाविरुद्ध जिल्ला अदालत चिवतनमा आइतबार 'आत्महत्या दुरुत्साहन' मुद्दा दायर भएको छ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

उक्त मुद्दामा आइतबारबाटै अभियुक्तहरुमाथि बयान सुरु भएको छ । तीनमध्ये एक अभियुक्त अस्मिता कार्कीको बयान सकिएको छ भने लामिछाने र कँडेलको बयान सोमबारलाई सरेको अदालतले जनाएको छ । कार्कीको जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान भएको थियो ।


बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । लामिछानेसहित तीनै जनालाई प्रहरी हिरासतमा राखिएको छ ।


जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार दिउँसो बुझाएपछिलामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । पुडासैनी चितवनको एक होटलमा दुई साताअघि मृत अवस्थामा भेटिएका थिए ।

प्रकाशित : भाद्र ८, २०७६ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?