कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उपल्लो डोल्पामा महोत्सव हुँदै 

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने उद्देश्यले उपल्लो डोल्पाको धो तारापमा महोत्सव आयोजना गर्न लागिएको छ । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पाको आयोजनामा २४ देखि २८ भदौसम्म डोल्पोको मध्येभागमा पर्ने धो तारापमा विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागिएको हो । 

उपल्लो डोल्पामा महोत्सव हुँदै 

विश्वका अग्ला मानवबस्तीमध्येको एक र नेपालको सबैभन्दा अग्लो मानवबस्तीमा पर्ने धो ताराप कला, संस्कृति, भेषभूषा र मनोरम दृष्यका हिसाबले धनी क्षेत्र हो ।


महोत्सवका संयोजक ग्याल्पो थापा भोटेले डोल्पाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने, शताब्दियौं पुराना सांस्कृतिक तथा प्राकृतिक अदभूत सम्पदाहरुको संरक्षण गर्ने र डोल्पोको समस्या उजागर गरी दिगो विकासका लागि पहल गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।


महोत्सवमा मुखौटा नृत्य, सांस्कृतिक नृत्य, वृत्तचित्र, स्वास्थ्य शिविर, घोडा दौड, तीरन्दाजीलगायत विभिन्न क्रियाकलाप सञ्चालन गरिनेछ । महोत्सवपछि पैदल यात्रा र छोटो पदयात्राका लागि भ्रमण तालिकासहितको नक्सासहितको नयाँ पदमार्ग तयार गरिनेछ ।

प्रकाशित : भाद्र ८, २०७६ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?