कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

'आत्महत्या दुरुत्साहन' मुद्दाका अभियुक्त रवि लामिछानेको बयान सोमबार

काठमाडौँ — 'आत्महत्या दुरुत्साहन' मुद्दाका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको बयान सोमबार हुने भएको छ । तीनमध्ये एक अभियुक्त अस्मिता कार्कीको बयान आइतबार सकिएको छ । उनको जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान भएको थियो ।

'आत्महत्या दुरुत्साहन' मुद्दाका अभियुक्त रवि लामिछानेको बयान सोमबार

लामिछाने र कँडेलको बयान भने समय नपुगेकोले सोमबारलाई सरेको अदालतले जनाएको छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । लामिछानेसहित तीनै जनालाई प्रहरी हिरासतमा राखिएको छ ।

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा लामिछाने, कँडेल र कार्कीविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार दिउँसो बुझाएपछि लामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

पुडासैनी चितवनको एक होटलमा दुई साताअघि मृत अवस्थामा भेटिएका थिए ।

प्रकाशित : भाद्र ८, २०७६ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?