टीकापुर थरुहट सम्मेलन : थरुहट प्रदेशका लागि आन्दोलनको प्रस्ताव

टीकापुर — टीकापुरमा भइरहेको थरुहट/थारुवान राष्ट्रिय सम्मेलनमा संविधान संशोधनसहित थरुहट प्रदेशका लागि फेरि आन्दोलन गर्नुपर्ने मुद्दा प्रस्ताव गरिएको छ । 

टीकापुर थरुहट सम्मेलन : थरुहट प्रदेशका लागि आन्दोलनको प्रस्ताव

आइतबार सुरु भएको बन्दसत्रमा अधिकारका लागि शान्तिपूर्ण आन्दोलनको प्रस्ताव गएिको हो । बन्दसत्रमा मुलुकभरीका एक हजार थारु अगुवाहरु सहभागी छन् । बन्दसत्रमा थरुहट प्रदेशका लागि आन्दोलनको विकल्प नभएकोमा एकमत देखिएका छन् ।


आन्दोलनका लागि आवश्यक पर्ने संगठनको नामाकरणका लागि पनि प्रस्ताव गरिएको छ । त्यससँगै आन्दोलनका लागि आवश्यक पर्ने जनशक्ति, आवश्यक पर्ने संगठन र आन्दोलनका चरणका बारेमा पनि छलफल भइरहेको छ ।

०७२ भदौ ७ गते थरुहट आन्दोलनका क्रममा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएपछि थरुहट आन्दोलन सेलाएको थियो । उक्त दिनलाई थरुहट बिद्रोहका रुपमा मान्दै टीकापुरमा सम्मेलन गरिएको हो ।


थरुहट/थारुवान सम्मेलनको टिकापुरमा जारी बन्दसत्र । तस्बिर : ठाकुरसिंह थारु/कान्तिपुर

सम्मेलन तयारी संयोजक मीनराज चौधरीले थरुहट आन्दोलन, अबको बाटो र आन्दोलनका चरण बारे प्रस्ताव पेश गरेका छन् । उनले पहिलो चरणमा थरुहट प्रदेशका लागि शान्तिपूर्ण आन्दोलन गर्ने प्रस्ताव पेश गरेका छन् ।


दोस्रो चरणमा थारु बहुल क्षेत्रमा शान्तिपूर्ण प्रर्दशन, आमसभा लगायतका कार्यक्रमहरु गरिने उनले बताए । तेस्रो चरणमा थरुहट बिरोधीहरुलाई सामाजिक बहिष्कारदेखि संघर्षका कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ ।


उक्त प्रस्तावमा बन्दसत्रमा सहभागी थारु अगुवाहरुले आफ्नो धारणा राखिरहेका छन् । बन्दसत्रले पास गरेको निर्णयका आधारमा थरुहट आन्दोलनको बाटो तय हुने आयोजकले जनाएको छ ।

प्रकाशित : भाद्र ८, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?