पुडासैनी मृत्यु प्रकरण : म्याद थप गर्ने की मुद्दै दायर गर्ने भन्नेमा अलमल, रवि लगायत तीनैजना अदालतमा पेश गरिँदै

रमेशकुमार पौडेल

चितवन — आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजनालाई हिरासतमा राखेर अनुशन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएको छ । आइतबार उनीहरु फेरि अदालतमा उपस्थित हुने छन् ।

पुडासैनी मृत्यु प्रकरण : म्याद थप गर्ने की मुद्दै दायर गर्ने भन्नेमा अलमल, रवि लगायत तीनैजना अदालतमा पेश गरिँदै

अनुशन्धान बाँकी रहेमा फेरि म्याद थप हुने र पुरा भए मुद्दा दायर हुने नियम छ ।


हिरासतमा लिएको व्यक्तिलाई अनुशन्धान गर्न प्रहरीले अदालतबाट म्याद थप गर्दै २५ दिनसम्म हिरासतमा राख्न पाउने कानुनी प्रवधान छ । चितवन प्रहरीले रवि लामिछाने लगायतलाई अनुशन्धान गर्न अदालतबाट दुई पटक गरेर १० दिनको समय पाइसकेको छ । आवश्यकता देखिएमा फेरि म्याद थप हुने र अनुशन्धान पुरा भए जिल्ला न्यायाधीवक्ता (सरकारी वकिल) मार्फत अदालतमा मुद्दा दायर हुने गर्दछ ।


चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक दानबहादुर मल्ल यो विषयमा अहिल्यै केही भन्न नमिल्ने बताउँछन् । तर गिरफ्तार भएका व्यक्तिहरु विरुद्ध अनुशन्धानका लागि आज म्याद थप हुने भन्दा पनि मुद्दा दायर हुने सम्भावना बढी रहेको जानकारहरु बताउँछन् । मुद्दा दायर भएमा अदालतमा अभियुक्तलाई साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुने गर्दछ ।

मुद्दा दायर भएमा अदालतमा अभियुक्तलाई साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुने गर्दछ ।

यस्तो बहस एक दिनमा नसकिने अवस्था पनि रहन्छ । मुद्दा दायर भएपछि पक्ष विपक्षका कानुन व्यवसायीहरुको बहस सुनेपछि मात्रै न्यायाधीशले पुर्पक्षका लागि अभियुक्तलाई थुनामा राख्ने वा तारेखमा छाड्ने भन्ने आदेश दिने गर्दछन् । यसरी मुद्दा दायर भएपछि सामान्यतया दुई वर्षभित्र अभियुक्तहरु दोषि वा निर्दोष के हुन् भन्ने फैसला अदालतले गर्छ ।


साउन २० गते राति नारायणगढको एक होटलमा काठमाडौंको माउण्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले बरामद गरेको पुडासैनीको मोबाइल फोनमा रेकर्ड भएको भिडियोमा रवि लामिछानेसहित तीनजनाका कारण आफूले आत्महत्या गरेको उल्लेख छ । प्रहरीले रवि लामिछाने लगायत गिरफ्तार व्यक्तिहरुलाई शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको अर्थात दुरुत्साहन अभियोगमा मुद्दा चलाउन अनुशन्धान गरेको हो । उनीहरु साउन ३० गते काठमाडौंबाट समातिएका हुन् ।


नेपालमा गत वर्षको भदौदेखि लागु भएको नयाँ कानुन अनुशार आत्महत्या गर्न बाध्य पारे पनि सजाय हुने व्यवस्था भएका हो । आत्महत्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रवधान छ । चितवन अदालतमा यसअघि पनि आत्महत्या दुरुत्साहनका पाँच मुद्दा दायर भएका छन् । तिमध्ये दुईवटा मुद्दा फैसला भएको छ । जसमा आरोप लागेका व्यक्तिहरुलाई एउटा मुद्दामा ६ महिना र अर्कोमा एक वर्षसम्म कैद भएको छ ।


प्रकाशित : भाद्र ८, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?