महेन्द्रराजमार्गको अरुणखोला पुलबाट यातायात सुचारु

नारायण शर्मा

नवलपरासी — ट्रकको ठक्करबाट भाचिएकाे पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तरगत अरुणखाेलाको पुल मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएकाे छ ।

महेन्द्रराजमार्गको अरुणखोला पुलबाट यातायात सुचारु

शनिबार आएको बाढीले पुल देखि दक्षिणतर्फ बनाएको डाइभर्सन फेरि बगाए पछि सतह पुलबाट यातायात सञ्चालनमा ल्याइएको हो ।


डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासीनिले भाचिएको पुल मर्मत भइसकेका कारण त्यहाबाट हिडाउन मिल्ने भएकाले गाडि छाडिएको जानकारी दिए । ‘पुलको स्ल्याब केही फुटेको छ त्यसले रोकिन पर्दैन,’ उनले भने ।


गाडि चलाएरै पनि फुटेको भाग (सतह मर्मत) गर्न सकिने भएकाले फेरि पानी रोकिएपछि डाइभर्सन सडक प्रयोग गर्न नपर्ने उनले बताए ।


करिब २ साता अघि अरुणखोला पुल किनारको फलामे बारमा ट्रक ठोक्किएका कारण पुल भाचिएपछि महेन्द्रराजमार्गको यातायात ठप्प भएको थियो । पुलबाट हिड्न नमिल्ने भएपछि खोलामा हयूमपाइप राखेर बनाएको डाइभर्सन सडक यस अघि ४ पटक बाढीले बगाउँदा महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिम हिड्ने हजारौ यात्रुले सास्ती ब्यहोरेका थिए ।


नवलपरासी अन्तरगत महेन्द्रराजमार्गमा रहेका ४ वटा पुल यस अघि पनि पटक–पटक भाचिएका थिए । ३ वर्ष अघि गैडाकोटमा रहेको जयश्री खोलाको पुल भाचिदा नयाँ पुल बनाउन ३ वर्ष लागेको थियो ।

प्रकाशित : भाद्र ८, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?