कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नुवाकोटको नदीमा दोहन जारी

कृष्ण थापा

नुवाकोट — नुवाकोटमा नदी दोहन गरी बालुका झिक्ने कार्य जारी छ । लिखु ५, बेलकोटगढी ७ र महादेवफाँट १० लगायतका स्थानमा रहेको नदीमा बढी दोहन भइरहेको छ । ककनी गाउँपालिका उपाध्यक्ष सीता खतिवडा लामाले कोल्पुखोला प्रहरीले बालुवा झिक्नेलाई सघाइरहेको बताइन् ।

प्रहरीले जिल्लाबाट अनुगमन आउन लाग्यो भनेपछि डोजर लुकाउँछन् । बालुवा झिक्नेहरूसँग नेपाल प्रहरीको भलाकुसारी हुन्छ । ‘नदीको दोहन रोक्न प्रहरीले सक्छन् । तर त्यो हुन सकेको छैन ’ उनले भनिन् । विदुरनगरपालिका र बेलकोटगढी नगरपालिकाले अवैध कार्य रोकिएको जनाए पनि रातको समयमा बालुवा झिक्ने गरिएको छ ।


विदुर नगरपालिका ४ बागवानी कार्यालयको छेउ त्रिशूलीमा एक्जाभेटरमा ताला लगाएको चेन काटेर बालुवा झिकेको पाइएको । किस्पाङ गाउँपालिका, मेघाङ, दुप्चेश्वर, शिवपुरी, सूर्यगढी बालुवा झिक्ने कार्य कम भएको स्थानीयबासी बताउाछन् । शिवपुरी गाउँपालिका बढीसेरामा बालुवा झिक्ने कार्य तीव्र रूपमा भइराखेको छ । मापदण्डविपरीत कार्य रोक्नुपर्ने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।


उनले भने, ‘स्थानीय जनताले नदीको दोहन गर्‍यो भनेपछि चेन लगाउन गएका हौं । अहिलेसम्म १६ वटा डोजरमा चेन लगाइसक्यौं ।’ ठेकेदार तथा क्रसर व्यवसायी रामबाबु जिसीले अहिले बालुवा झिक्न नपाए समस्या हुन्छ । ‘अरू बेला बालुवा जिरै हुन्छ के गर्ने ?’ उनले भने । तर, प्रदेश सांसद रिता माझीले भनिन्, ‘अहिले बालुवा झिकेमा खोलामा भएका माछा मासिन्छन् । उनीहरूलाई बचाएर उत्खनन् गर्नुपर्ने हो ।’


अर्का प्रदेश सांसद रमेश पौडेलले खोलाका किनार तेताम्य बालुवा थुप्रेको बताए । उनले खिचेको तस्बिर देखाउँदै भने, ‘खोला थुनिएको छ । खोला बग्न पाइरहेको छैन । भएका हरिया फाँट छैन ।’ उपसमितिका संयोजक प्रदेश सांसद रत्नप्रसाद ढकालले हातेऔजार प्रयोग गरेर पनि असारदेखि भदौसम्म नदीबाट बालुवा दोहन गर्न नपाइने बताए । उनले भने, ‘नियमले मजदुर र हातेऔजार प्रयोग गरेर बालुवा झिक्न पाइँदैन ।’ कोल्पु, तादी, लिखु र त्रिशूलीमा गरी ८० भन्दा बढी एक्जाभेटर र डोजर रहेको स्थानीयले बताए ।


जिल्लामा करिब २ दर्जन क्रसर छन् । ती सबै अवैध रूपमा सञ्चालित छन् । ०७४ फागुनमा सर्वोच्च अदालतमा क्रसर र फिरफिरेको विषयमा मुद्दा परेको थियो । मुद्दा सर्वोच्चमा विचाराधीन छ । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा दर्ता भई नवीकरण नभएका ९ वटा क्रसर छन् । ६० वटा फिरफिरे छन् । तर समितिमा दर्तामा देखिएका ४९ वटा छन ।


एउटा फिरफिरेले सञ्चालनको मागसहित सर्वोच्चमा मुद्दा दायर गरेको छ । अधिकांश क्रसर उद्योगहरू सडक निर्माण गर्ने र भूकम्पपीडितलाई ढुंगा, गिटी र बालुवा दिने भनेर सिधै खोला छेउमा अवैध रूपमा सञ्चालित छन् । तर ती उद्योगका सञ्चालकहरू अन्यत्र गएर अवैध बालुवा झिक्न कार्यमा संलग्न छन् । उद्योग ०७३ असार मसान्तदेखि नवीकरण नभएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।


प्रदेश सरकारले वर्ष ०७५/७६ मा २ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६४ करोड उठेको जानकारी एक समीक्षा कार्यक्रममा दिइयो । गत बुधबार नदी दोहनबारे छलफल नै भयो । त्यस क्रममा भनाभनको स्थिति सृर्जना भएको थियो । प्रशासनले स्थानीयको गुनासोपछि केही डोजरमा तालासहितको चेन लगाइदिए । यो कार्यप्रति तारकेश्वर गाउापालिकाका अध्यक्ष रमेश वस्ती आक्रोशित

देखिएका थिए ।

प्रकाशित : भाद्र ८, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?