१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शिक्षा सम्मेलन सुरु

काठमाडौँ — सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि शनिबारबाट ललितपुरमा विज्ञ र मुलुकभरका शिक्षकको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रातो बंगला फाउन्डेसनको सहकार्यमा ३ दिने सम्मेलन आयोजना गरेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेको सम्मेलनमा नेपालसहित भारत, चीन, सिंगापुर, अमेरिका र बंगलादेशका शिक्षाविदको सहभागिता छ । ५० भन्दा बढी जिल्लाका प्रधानाध्यापक र शिक्षकले सार्वजनिक शिक्षा सुधारका लागि विज्ञसँग अनुभव आदानप्रदानसहित छलफल गर्नेछन् ।


सरकारले ०७८ सम्मलाई सार्वजनिक शिक्षा सबलीकरणको दशक घोषणा गरेको छ । त्यसैअनुरूप सम्मेलन आयोजना गरिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जनाए ।


सार्वजनिक विद्यालय सुधारका लागि विज्ञहरूको ६० वटा कार्यपत्रमा छलफल गर्ने कार्यक्रम छ । मन्त्रालय र फाउन्डेसनबीच सार्वजनिक शिक्षाको सबलीकरणका लागि सहकार्य गर्दै जाने सम्झौता भएको थियो । यसअघि पनि ०६९ मा यस्तै सम्मेलन आयोजना गरिएको थियो ।

प्रकाशित : भाद्र ७, २०७६ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?