कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पाकिस्तानको ‘लबिङ’ जारी

काठमाडौँ — पाकिस्तानका विदेशमन्त्री मकधुम शाह महमुद कुरेसीले जम्मु–कश्मीर मामलामा स्पष्ट दृष्टिकोण अपेक्षा गर्दै क्षेत्रीय शान्ति र स्थिरताका निम्ति सार्क अध्यक्ष राष्ट्रका रूपमा नेपालले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराएका छन् । 

पाकिस्तानको ‘लबिङ’ जारी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बिहीबार अपराहन फोन गर्दै मन्त्री कुरेसीले अन्तर्राष्ट्रिय कानून र राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावनाअनुसार पनि जम्मु–कश्मीरमा भारतले चालेको हस्तक्षेपकारी कदम गलत भएको बताएका थिए ।


पाकिस्तानको विदेश मन्त्रालयको वेबसाइटमा दिइएको सूचनाअनुसार कुरेसीले नेपालसहित स्वीट्जरल्यान्ड, डेनमार्क, माल्दिभ्स, स्विडेन, नर्वे, फ्रान्स, क्यानडा, स्पेन, नेदरल्यान्ड तथा राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तसमेतलाई फोन गरेर जम्मु–कश्मीर मामिलामा भारतले असहिष्णु व्यवहार देखाएको उल्लेख गरेका छन् ।

प्रकाशित : भाद्र ७, २०७६ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?