पाकिस्तानको ‘लबिङ’ जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानका विदेशमन्त्री मकधुम शाह महमुद कुरेसीले जम्मु–कश्मीर मामलामा स्पष्ट दृष्टिकोण अपेक्षा गर्दै क्षेत्रीय शान्ति र स्थिरताका निम्ति सार्क अध्यक्ष राष्ट्रका रूपमा नेपालले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराएका छन् । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बिहीबार अपराहन फोन गर्दै मन्त्री कुरेसीले अन्तर्राष्ट्रिय कानून र राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावनाअनुसार पनि जम्मु–कश्मीरमा भारतले चालेको हस्तक्षेपकारी कदम गलत भएको बताएका थिए ।

पाकिस्तानको विदेश मन्त्रालयको वेबसाइटमा दिइएको सूचनाअनुसार कुरेसीले नेपालसहित स्वीट्जरल्यान्ड, डेनमार्क, माल्दिभ्स, स्विडेन, नर्वे, फ्रान्स, क्यानडा, स्पेन, नेदरल्यान्ड तथा राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तसमेतलाई फोन गरेर जम्मु–कश्मीर मामिलामा भारतले असहिष्णु व्यवहार देखाएको उल्लेख गरेका छन् ।

प्रकाशित : भाद्र ७, २०७६ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्

श्रेष्ठ र खड्काको जोडी प्रथम

पृथ्वी–लक्ष्मी राई ब्याडमिन्टन ओपन च्याम्पियनसिप  
प्रदीप मेन्याङ्बो

सुनसरी — धरानमा शनिबार सम्पन्न पृथ्वी–लक्ष्मी राई ब्याडमिन्टन ओपन च्याम्पियनसिपमा सिनियर डबल्सतर्फ सुजन श्रेष्ठ र देवेन्द्र खड्काको जोडी प्रथम भएको छ । उनीहरुले नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र हात पारे । 

पृथ्वी–लक्ष्मी राई ब्याडमिन्टन ओपन च्याम्पियनसीपका विजेताहरु । तस्बिरः प्रदीप/कान्तिपुर

धरान–१३ अमरहाटस्थित अमर सेवा समाजको कवर्ड हलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा शेष लिम्बू र उदय थापाको जोडी दोस्रो, शम्भु राई र सूर्य श्रेष्ठको जोडी तथा राजकुमार थोप्रा र चोलाप्रसाद आचार्यको जोडीले तेस्रो स्थान हासिल गर्यो ।

यसैगरी भेट्रान्स डबल्सतर्फ टेकप्रसाद लिम्बू र विकास राई प्रथम, धनबहादुर मगर र जन बस्नेतको जोडी द्वितीय, दुर्गाहाङ राई र कृतिमान राई तथा विशाल पाहिम र यमबहादुर राईको जोडी तृतीय भए ।

यसैगरी राइजिङ डबल्समा भेषराज मगर र जीवन लिम्बुको जोडी प्रथम, लेख राई र जीवन पतङ्वाको जोडी द्वितीय, राजकुमार मावो र देवराज राई तथा दिनेश चौधरी र प्रविण क्षेत्रीको जोडी तृतीय भए ।सिनियर डबल्सबाट बेस्ट प्लेयर सुजन श्रेष्ठ घोषित भए ।

प्रकाशित : भाद्र ७, २०७६ १९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्