कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पत्रकारिता क्षेत्रको विकृति रोक्न विधेयक : मन्त्री बाँस्कोटा

वीरेन्द्र केसी

अर्घाखाँची — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाली सञ्चार क्षेत्रमा बढ्दै गएको विकृति र विसंगतिलाई नियन्त्रण गर्न मिडिया विधेयक ल्याइएको बताएका छन् । सरकारले ल्याएको विधेयकले वास्तविक पत्रकारलाई फाइदा पुग्ने उनको भनाइ छ । 

पत्रकारिता क्षेत्रको विकृति रोक्न विधेयक : मन्त्री बाँस्कोटा

‘हिजो राजतन्त्र हुँदा, शाही शासनको बेला पत्रकारले बोल्न लेख्न पाएका थिए ? हामीले लडेर गणतन्त्र ल्यायौं,’ ठाडामा शीतगंगा एफएमको उद्घाटन गर्दै उनले भने, ‘अहिले बोल्न र लेख्न पाइएको छ । मैले (सरकार) ले केही गरेको छैन, सञ्चारलाई व्यवस्थित गर्छु भन्दा अनावश्यक हल्ला गर्ने ? बेथितिलाई नियन्त्रण नै गर्छु ।’


वास्तविक काम गर्ने पत्रकारले पारिश्रमिक पाउनुपर्छ भन्ने आफनो मान्यता रहेको उनले बताए । ‘पत्रकारले जनतालाई सही सूचना दिनुपर्छ’,मन्त्री बाँस्कोटाले भने,‘जे मन लाग्यो त्यही गर्दा विकृति हुन्छ र विश्वले नेपाली पत्रकारितालाई विश्वास गर्न नसक्ने परिस्थिति आउन सक्छ, त्यसैले विकृतिलाई रोक्न विधेयक आवश्यक छ ।’


मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति गरेर देशलाई सम्वृद्धि बनाउन मिडियाले उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राखेर समाचार लेख्न उनले आग्रह गरे ।


‘सरकार सुतेर बसेको छैन, धमाधम तीव्र गतिमा काम गरिरहेको छ ’ मन्त्री बाँस्कोटाले भने ।

प्रकाशित : भाद्र ७, २०७६ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?