उपचारका क्रममा सुत्केरीको मृत्यु  

बाजुरा — जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा एक जना सुत्केरीको मृत्यु भएको छ । उपचारको क्रममा बडीमालिका नगरपालिका–७ जिल्लीकी २१ वर्षीया सुत्केरी बसन्ती नेपालीको मृत्यु भएको हो । 

उपचारका क्रममा सुत्केरीको मृत्यु  

शनिबार बिहान बसन्तीले दोस्रो सन्तानका रुपमा शिशुलाई मृत अवस्थामा जन्मदिएकी थिइन् । घरमै सुत्केरी व्यथाले च्यापेपछि आफन्तहरुले शुक्रबार साँझ जिल्ला अस्पतालमा सुत्केरी गराउन ल्याएका थिए । अस्पतालमा स्वास्थ्यकर्मीहरुले उनको उपचार गरिरहेको बेला बसन्तीको एक्कासी मृत्यु भएको आफन्त प्रेम नेपालीले बताए ।


उनलाई गत साउन २६ गते जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । चिकित्सकहरुले उनको अवस्था बुझेपछि भदौ २ गते अस्पतालमा सुत्केरी गराउनका लागि ल्याउनुपर्ने सल्लाह दिएका थिए ।


तर उनका आफन्तहरुले समयमै जिल्ला अस्पताल नल्याएपछि उनलाई सुरक्षित अवस्थामा सुत्केरी गराउन नसकिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर रोहित गिरीले बताए ।


बसन्तीको श्रीमान रोजगारीको सिलसिलामा कुवेतमा रहेका छन् ।

प्रकाशित : भाद्र ७, २०७६ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?