टीकापुरमा देशभरका थारु अगुवाहरुको भेला

टीकापुर घटनाको चार वर्ष 

टिकापुर — टीकापुरमा देशभरका थारु अगुवाहरु भेला भएका छन् । थारुवन प्रदेशको माग गर्दै जारी थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनाको सम्झनामा देशभरीका थारु अगुवाहरु टिकापुरमा जम्मा भएका हुन् ।

टीकापुरमा देशभरका थारु अगुवाहरुको भेला

थारु कल्याणकारिणी कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा सयौले सहभागीता जनाएका छन् । टीकापुरको सिटी हल र चौर खचाखच भरिएको छ । कार्यक्रममा सहभागी हुन मुलुकका विभिन्न क्षेत्रहरुबाट थारु समुदायले सहभागिता जनाएका छन् ।


कार्यक्रमलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राजपाका अध्यक्षमण्डलका सदस्य लक्ष्मणलाल कर्ण, पूर्व राजदूत विजय कर्ण, वरिष्ठ पत्रकार किशोर नेपाल, लेखक खगेन्द्र संग्रौला, युग पाठकले सम्बोधन गर्दैछन् ।


कार्यक्रमस्थलमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । सुरक्षाकर्मीहरुले सुरक्षा जाँच गरेरमात्रै कार्यक्रम स्थलमा प्रवेश दिइरहेका छन् । आयोजकले १० हजार बढीको सहभागिता रहेको दाबी गरको छ ।


वक्ताहरुले टीकापुर घटनाका मुख्य दोषी मानिएका निलम्बित राजपाका सांसद रेशम चौधरीलाई रिहाईको माग गरेका छन् । टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्षमण न्यौपाने, डेढ वर्षीय बालक टेकबहादुर साउदसहित ८ को ज्यान गएको थियो ।

प्रकाशित : भाद्र ७, २०७६ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?