पासाङ ल्हामु मार्गको ढुंगे–बेत्रावती सडक फेरि अवरुद्ध

कृष्ण थापा

गेर्खुटार (नुवाकोट) — भारी वर्षाका कारण पासाङ ल्हामु मार्गको गेर्खुखोलामा आएको बाढीले अस्थायी डाइर्भसन बगाएपछि सडक फेरि अवरुद्ध भएको छ । 

पासाङ ल्हामु मार्गको ढुंगे–बेत्रावती सडक फेरि अवरुद्ध

शुक्रबार राति आएको बाढीले अस्थायी रुपमा बनाइएको डाईभर्सन बगाएपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज विकल भट्टराईले बताए ।


उक्त डाईभर्सन विदुरनगरपालिका १ र १० वडाको सिमाना हो । बुधबार राति खोलाले सडक बगाएपछि अस्थायी रुपमा दुई वटा हृयुमपाइप हालेर डाईभर्सन बनाएर यातायात सुचारु गरिएको थियो ।


शुक्रबार दिउँसो बनाएको डाइभर्सन बाढी आएर लगेपछि फेरि यातायात अवरुद्ध भएको हो । यो सडक रसुवागढी आउजाउ गर्ने मुख्य बाटो हो ।

प्रकाशित : भाद्र ७, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?