२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

थिमीमा मोटरसाइकल र स्कुटर जुध्दा एकको मृत्यु 

(भक्तपुर) — भक्तपुरको नयाँ थिमीमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने, स्कुटर चालक घाइते छन् । 

थिमीमा मोटरसाइकल र स्कुटर जुध्दा एकको मृत्यु 

प्रहरीका अनुसार शुक्रबार बिहान सूर्यविनायक–तीनकुने सडकखण्ड अन्तर्गत मध्यपुर थिमि–४ नयाँथिमि चारदोबाटोस्थित भक्तपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोटतर्फ जाँदै गरेको बा ६७ प ६७५४ नम्बरको स्कुटर एक आपसमा जुधेका थिए ।


मृत्यु हुनेमा मध्यपुर थिमि–५ कमेरेटारका २२ वर्षीय राजेश गोजा छन् । दुर्घटनाबाट सख्त घाइते गोजाको उपचारकै क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।


घाइते स्कुटर चालक भक्तपुर नगरपालिका–५ तौमढीका ३१ वर्षीय प्रविण लोहलाको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र ६, २०७६ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?