१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जिप दुर्घटनामा ३ को मृत्यु

अछाम — बान्नीगढी जयगढ गाउँपालिकामा बुधबार राति जिप दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थल र दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो । अन्य दुई जना घाइते छन् ।

जिप दुर्घटनामा ३ को मृत्यु

मुजाबगरबाट जयगढ आउँदै गरेको से१ज ९९५ नम्बरको जिप जयगढ माझेठाना सडकखण्डअन्तर्गत सुकिबाग डिल्लीबजार नजिक सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।


बान्नीगढी जयगढ गाउँपालिका ४ का अशोक परियार, सोही ठाउँका कालु परियार र बैतडी घर भई अछाममा सवारी चलाउँदै आएका लालबहादुर बोहराको मृत्यु भएको डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।


‘दुर्घटनास्थल हेर्दा त्यति अप्ठ्यारो पनि देखिँदैन । लापरबाही र तीव्र गतिमा गाडी चलाएकाले दुर्घटना भएको देखिन्छ,’ उनले भने । घाइते हुनेहरूमा बान्नीगढी जयगढ गाउँपालिका ४ का तर्क तिमिल्सेना र कैलाली घोडाघोडी नगरपालिकाका सवारी चालक जाङिर चौधरी छन् ।

प्रकाशित : भाद्र ५, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?