३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

राजतन्त्र एकादेशको कथा हो : मन्त्री बास्कोटा

काठमाडौँ — सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजतन्त्र एकादेशको कथा भएको बताएका छन् । नियमित पत्रकार सम्मेलनमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले मुलुकबाट राजतन्त्र सकिएको र अब नेपालको राजनीतिक विकासको इतिहास पढ्दा मात्र पाइने बताए ।

राजतन्त्र एकादेशको कथा हो : मन्त्री बास्कोटा

उनले भने,' अहिलेको र भावी पुस्ताहरुले राजतन्त्र इतिहास पढ्दा पढ्नेछन् । २२/२४ राज्यदेखि कहाँ आएर अन्त्य भएको भन्ने बारे पढ्नेछन् । अब कोही आउनेवाला छैन । '


मन्त्री बाँस्कोटाले राजतन्त्रको हाउगुजी कसैले नदेखाए हुने बताए । उनले सपना देख्दा हिजोका मान्छेहरुलाई मात्र लाग्ने बताए ।


उनले प्राप्त अधिकारलाई रक्षा गर्ने दायित्व सबैको भएको बताए । उनले भने,'बाजा बजाएर २०१७ साल दोहोरिएको हैन नि । लोकतन्त्र सरकारको मात्र हो र ? '

प्रकाशित : भाद्र ५, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?