२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

लागूऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ 

जनकराज सापकाेटा

काठमाडौँ — कतार एयरवेजको उडानबाट दोहा जान लागेको आईभेरिकोस्टका नागरिक मार्सेल गुही एक केजी ६ सय ग्राम कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले उनलाई बुधबार पक्राउ गरेको हो ।

लागूऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ 

निलो रंगको सटुकेशमा फल्स बटम बनाएर तल माथि प्लाईउड राखेर बीचमा उनले कागजको पातामा कोकिन बेरेर लैजान खोजेका थिए । ब्युरोले उनले कोकिन कहाँबाट किने र नेपालका उनी को–को सँग सर्म्पकमा थिए भन्नेबारे अनुसन्धान अगाडी बढाएको छ ।


मार्सेल नाईजेरियाको लागोस हुँदै कतारको दोहा भएर काठमाडौं आएको उनको पासपोर्टबाट खुलेको छ । प्रहरीले उनको विगतको यात्रा हेर्दा उनको सम्बन्ध लागू औषधको अन्तर्राष्ट्रिय कारोबारीसँग हुनसक्ने आशंका गरेको छ ।


ब्युरोले बुधबार नै बिर्तामोडबाट राम कडरिया क्षेत्रीलाई पनि ५२ ग्राम लागू औषध खैरो हेरोईन सहित पक्राउ गरेको छ । कडरियाले उक्त हेरोईन कहाँबाट किनेका थिए भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : भाद्र ५, २०७६ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?