कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चिनियाँ नाका जोड्ने गेर्खुटार-बेत्रावती सडक अवरुद्ध

कृष्ण थापा

नुवाकोट — अविरल वर्षाका कारण ढुंगेबजार–बेत्रावती सडक खण्ड गेर्खुटारमा सडक अवरोध भएको छ । बुधबार राती परेको पानीले तिरतिरे भीर र गुहृय खोल्सामा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गेर्खुखोलामा अस्थायी कर्ल्भट निर्माण कार्यले पनि आवातजावतमा समस्या भएको छ ।

चिनियाँ नाका जोड्ने गेर्खुटार-बेत्रावती सडक अवरुद्ध

सडक खुलाउन गल्छी—त्रिशूली—मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजना, स्थानीय, सशस्त्र र नेपाल प्रहरी परिचालित छन् । आयोजनाले ठेकेदारमार्फत् दुईवटा एक्साभेटर प्रयोग गरेर हृयुम पाइप हालेर अस्थायी रुपमा सडक सुचारु गर्न लागिपरेको छ । जिल्ला ट्राफिक कार्यालय नुवाकोटका अनुसार दुई दर्जन सवारी बेत्रावती र ढुंगेमा रोकिएका छन् ।


एउटा गाडी गुहृयखोल्सामा फसेको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका इन्चार्ज विकल भट्टराईले जानकारी दिए । गत वर्षपनि भारी वर्षात्का कारण गेर्खुटारदेखि बेत्रावतीसम्मको सडक निर्माण एकमहिना अवरुद्ध भएको थियो ।

त्यसैगरी पासाङ ल्हामुमार्ग कायम भएको रसुवाको ग्राङमा पहिरो आएपछि एकतर्फी सडक खुलाइएको ट्राफिक कार्यालय रसुवाले जनाएको छ । ग्राङमा अवरोध पहिरो पन्छाएर एकतर्फी रुपमा दुई दर्जन सवारी आवतजावत गराएको कार्यालयले जनाएको छ ।


त्यसैगरी स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको तातोपानीमा सडक अवरुद्ध छ । त्यहाँ पनि झरेको लेदो पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक अवरुद्ध भएपछि रसुवाको सदरमुकाम धुन्चेमा दुई दर्जन गाडी रोकिएका छन् । उता टिमुरेमा पनि त्यतिनै संख्यामा गाडी रोकिएका छन् । चीनको केरुङ नाकासम्म आवतजावत गर्ने सडक पनि यही हो ।

प्रकाशित : भाद्र ५, २०७६ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?