१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ओली नहुँदा दाहालको अध्यक्षतामा सांगठनिक एकताका काम टुंग्याइने

नेकपा सचिवालय बैठक
रासस

काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर गएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालकाे अध्यक्षतामा सांगठनिक एकता र अन्य निर्णय गर्ने तय गरेकाे छ । 

ओली नहुँदा दाहालको अध्यक्षतामा सांगठनिक एकताका काम टुंग्याइने

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र छिट्टै अध्यक्ष दाहालले बैठक आह्वान गरी निर्णय लिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।


बैठकले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना समेत गरेकाे छ । प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य उपचारका लागि आज अपराह्न सिंगापुर प्रस्थान गर्दै छन्।


प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल नभए पनि सिंगापुरमा रहँदा चिकित्सकको सुझावअनुसार पुनः जान लागेकाे बताए । प्रधानमन्त्री ओली ७–१० दिन त्यहाँ रहने जनाउँदै श्रेष्ठले यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी आजको बैठकमा भएको जानकारी दिए ।


नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिटब्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ ।

प्रकाशित : भाद्र ५, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?