१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हैजाले ८१ बिरामी

डडेलधुरा — सुरुमा सामान्य झाडापखाला देखिएको परशुराम नगरपालिका–८ मा तीन दिनयता हैजा फैलिएको छ । तीन गाउँमा बुधबारसम्म ८१ जना बिरामी भेटिएको नगरपालिकाको स्वास्थ्य एकाइले जनाएको छ ।

कोसानखोला र धाँदली फाँटापछि छिमेकी गाउँ गुष्टीमा धेरैजना बिरामी छन् । साँदनी स्वास्थ्यचौकी प्रमुख आनन्दकुमार यादव नेतृत्वको टोलीले ७६ जनाको उपचार सुरु गरेको छ भने अन्यलाई जोगबुढा अस्पताल पठाइएको छ ।


‘अधिकांश बिरामीमा हैजाका कीटाणु भेटिएका छन्,’ नगरपालिकाका स्वास्थ्य उपसंयोजक हिक्मत धामीले भने, ‘उपक्षेत्रीय अस्पताल पठाएको नमुना परीक्षणमा हैजाका कीटाणु भेटिएको रिपोर्ट आयो ।’


गत साउन २६ मा कोसानखोलाका स्थानीय स्वास्थ्यकर्मी झाडापखालाले बिरामी परेका थिए । त्यसयता बिस्तारै बिरामीको संख्या बढेको उनले बताए ।

प्रकाशित : भाद्र ५, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?