१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नयाँ बसपार्कस्थित गेस्ट हाउसमा दुई मृत फेला

जनकराज सापकाेटा

काठमाडौँ — नयाँ बसपार्कस्थित मोरङ पर्वत धौलागिरी पोखरा गेस्ट हाउसको कोठा नम्बर १ सय ११ एक युवक र युवती मृत फेला परेका छन् । मंगलबार राती ११ बजे गेस्ट हाउस आएका उनीहरु बिहान अबेरसम्म ढोका नखोलेपछि गेस्ट हाउसले प्रहरी बोलाएको थियो । ढोका फोडेर हेर्दा युवक भुईँमा र युवती खाटमा मृत अवस्थामा फेला परेका हुन् ।

नयाँ बसपार्कस्थित गेस्ट हाउसमा दुई मृत फेला

महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार दुवै मृतक कट्टु मात्रै लगाएको अवस्थामा भेटिएका थिए । मृतक मध्ये ३७ वर्षीय यमबहादुर मगरको घर चितवनको चैनपुर रहेको उनको साथबाट फेला परेको नागरिकता र मोटरसाइकलको ब्लु बुकबाट खुलेको छ ।

युवतीको नाम भने सुनिता भन्ने ३० वर्षकी सविना बजगाईँ रहेको खुलेको छ । युवतीको माइती काभ्रेको पनौती भई घर मकवानपुर सालढुंगा भएको खुलेको छ ।


प्रहरीका अनुसार सुनिताका श्रीमान् वैदेशिक रोजगारीका क्रममा विदेशिएका छन् । प्रहरीले यमबहादुरबाट फेला पारेको कागजातका आधारमा उनले चितवन जिल्ला अदालतमा अंश मुद्दा र सम्बन्ध विच्छेदको मुद्दा पनि लडिरहेको र तारिख खेपिरहेको खुलेको छ ।


वृत्तका डीएसपी फणिन्द्र प्रसाईँका अनुसार मृत्युको एकिन कारण नखुले पनि आत्महत्या नै गरेको हुनसक्ने देखिन्छ । प्रहरीले उनीहरुको साथबाट रक्सीको बोतल फेला पारेको छ । डीएसपी प्रसाईँले फरेन्सिक विज्ञ नै ल्याएर परीक्षण गरिएको बताउँदै छिटै मृत्युको कारण खुल्ने बताए ।

प्रकाशित : भाद्र ४, २०७६ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?