३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

काठमाडौं विश्वविद्यालयमा दुई सातादेखि ताला

नगेन्द्र अधिकारी

काभ्रे — काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले उपकुलपति रामकण्ठ माकजू र रजिष्ट्रार सुवोध शर्माको कार्यालयमा २ सातादेखि लगाएको ताला अझै खुलाइएको छैन । संविधान र विश्वविद्यालय ऐनले निर्देशित गरेका सुशासनका आधारभूत सिद्धान्त पालना नभएको र विश्वविद्यालय सम्बन्धित सबै पक्षको सहभागितामा सञ्चालन नभएको भन्दै विश्वविद्यालयका प्राध्यापक आन्दोलित छन् ।

काठमाडौं विश्वविद्यालयमा दुई सातादेखि ताला

यसबीच केयूले प्रशासनले स्कुल अफ म्यानेजमेन्टका डिन विजय केसीको संयोजकत्वमा मुकुन्द उपाध्याय र बालकृष्ण लुईँटेल सदस्य रहेको वार्ता समिति ‘तल्लो स्तरको’ भन्दै प्राध्यापकहरुले अमान्य भएको भन्दै बहिष्कार गरेका थिए ।


विश्वविद्यालयमा भइरहेका नीतिगत र आर्थिक भ्रष्टाचारका विषयमा संघले भ्रष्टाचारमा संलग्नलाई आवस्यक छानबिन गरी कारबाही गर्न माग गर्दा पनि कारबाहीको साटो संरक्षण गरेको, संघसँग विभिन्न समयमा भएका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै प्राध्यापक संघ आन्दोलित भएको पूर्व सभापति विभूतिरञ्जन झाले जानकारी दिए ।


१४ दिनदेखि आन्दोलित प्राध्यापकले दैनिक कोणसभा, प्रशासनिक भवनअघि माचपार्स गदै आएका छन् । बुधबार प्राध्यापकहरुले शंखध्वनीसहित प्रभातफेरी गरेका थिए । आन्दोलित शिक्षक विश्वविद्यालयले लिएको परिक्षामा सहभागी नभएपछि विधार्थीलाई नै निरीक्षक राखेर परिक्षा सञ्चालन गरिएको थियो ।

प्राध्यापकको आन्दोलनमा काठमाडौं विश्वविद्यालय कर्मचारी संघले पनि ऐक्यबद्धता र समर्थन जनाएका छन् । स्कुल अफ मेडिकल साइन्सेजको फ्याकल्टी काउन्सिलले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

प्रकाशित : भाद्र ४, २०७६ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?