१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठक सुरु

काठमाडौँ — नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार राजधानीमा सुरु भएको छ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने बैठकमा नेपाल-भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउन मद्दत पुग्नेगरी काठमाडौंको याक एण्ड यती होटलमा बुधबार बेलुकी गहन विचारविमर्श हुनेछ ।  

नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठक सुरु

तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ भने भारतले सीमा सुरक्षा र बाढी नियन्त्रणको विषयमा छलफल गर्ने बुझिएको छ ।


बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल-भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ ।

बैठकमा भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्करले उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका छन् । संयुक्त आयोगको बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्वका साथ मन्त्री जयशङ्करले सहअध्यक्षतासमेत गरिरहेका छन् ।


बैठक ३ बजे हुने भनिएपनि प्रधानमन्त्री केपी शर्मा ओली र जयशंकरबीच करिव १ घण्टा भेटवार्ता भएपछि तोकिएको समय भन्दा करिव २ घण्टा पछि मात्रै बैठक सुरु भएको छ । बैठकमा दुवै देशका परराष्ट्रमन्त्री, सचिवलगायतमा प्रतिनिधिहरु सहभागी छन् ।

प्रकाशित : भाद्र ४, २०७६ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?