३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चलचित्र निर्देशक किशोर रानाको निधन

सुशिल पौडेल

काठमाडौँ — चलचित्र निर्देशक किशोर राना मगरको निधन भएको छ । लामो समयदेखि मृगौला सम्बन्धि रोगबाट पीडित निर्देशक रानाको ६४ वर्षको उमेरमा बुधबार पुलचोकस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दुवै मृगौलामा खराबी भएपछि उनले डायलासिस गर्दै आएका थिए । 

चलचित्र निर्देशक किशोर रानाको निधन

कर्जा फिल्मबाट निर्देशनमा होमिएका रानाले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, मिस्टर मंगले, चक्र जस्ता हिट फिल्म दिएका थिए । उनले हिट भोजपुरी चलचित्र 'कब होइ मिलनवा हमार' को पनि निर्देशन गरेका थिए ।


किशोर २०७४ को राष्ट्रिय चलचित्र पुरस्कारमा दीर्घ साधना सम्मान प्राप्त हुन्। रानाले सहायक निर्देशकबाट फिल्मी क्षेत्रमा प्रवेश गरेका थिए । उनले बलिउडमा १५ वर्ष काम गरेका थिए ।

प्रकाशित : भाद्र ४, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?