कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रवि पत्नी निकिताको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले लिएन, आफ्नो क्षेत्राधिकार बाहिर रहेको स्पष्टोक्ति

जनकराज सापकाेटा

काठमाडौँ — प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नी निकिता पौडेलले चितवनका एसपी दानबहादुर मल्ल, प्रेस काउन्सिलका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला विरुद्ध दिन खोजेको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्विकार गरेको छ ।

रवि पत्नी निकिताको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले लिएन, आफ्नो क्षेत्राधिकार बाहिर रहेको स्पष्टोक्ति

पत्रकार शालिकराम पुडासैनी आत्महत्या गर्नुपूर्व खिचेको भनिएको भिडियो किर्ते गरेको भन्दै उनी बुधबार दिउँसो करिव साढे १ बजे महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन पुगेकी थिइन् ।


परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको विषय परेकोले जाहेरी दर्ता गर्न अस्विकार गरेको बताएका छन् ।


प्रहरी स्रोतका अनुसार उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आफ्नो जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन वा प्रदेश नम्बर ३ प्रहरी कार्यालयमा दर्ता गर्न सुझाव दिएका छन् ।


पौडेल विद्युतीय कारोबार ऐनअनुसार ३ जनालाई कारबाही गरी पाउँ भनेर उजुरी दर्ता गराउने तयारी साथ परिसर कार्यालय टेकु पुगेकी थिइन् । प्रहरीले लामो छलफल पश्चात जाहेरी दर्ता गर्न नमिल्ने भनी उनीहरुलाई फिर्ता पठाएको हो ।


पुडासैनी गएको साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित : भाद्र ४, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?