१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आन्तरिक प्राध्यापकबाट उपकुलपति नियुक्त नगरिए आन्दोलनको चेतावनी 

विनोद भण्डारी

विराटनगर — विश्वविद्यालय भित्रैका प्राध्यापकलाई उपकुलपतिमा नियुक्त गरिनुपर्ने माग गर्दै  पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक र कर्मचारीले बाहिरका व्याक्तिलाई नियुक्त गरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

आन्तरिक प्राध्यापकबाट उपकुलपति नियुक्त नगरिए आन्दोलनको चेतावनी 

प्राध्यापक संघ र कर्मचारी संघले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालय स्थापनाकालदेखि बाहिरका व्याक्तिलाई उपकुलपतिमा नियुक्त गरिदा विश्वविद्यालयले गति लिन नसकेको उल्लेख गर्दै आन्तरिक प्राध्यपक मध्येबाट पदाधिकारी नियुक्त गरिनुपर्ने माग गरेका हुन् । उपकुलपति प्राडा घनश्यामलाल दासको कार्यकाल शुक्रबार सकिदै छ ।


सरकारले विगतमा पनि आन्तरिक प्राध्यापकबाटै उपकुलपति सहितका पदाधिकारी नियुक्ती गर्ने आश्वासन दिदै बाहिरका व्याक्तिलाई उपकुलपतिमा नियुक्ती गर्दा पूर्वाञ्चल विश्वविद्यालयले गति लिन सकेको छैन । कर्मचारी संघका अध्यक्ष राजकुमार सापकोटाले भने यसपाली पनि बाहिरका व्याक्तिलाई उपकुलपतिमा नियुक्त गरिए कर्मचारी र प्राध्यापकले आन्दोलन गर्नुको विकल्प रहदैन ।


स्थापना भएको २५ वर्ष बितिसक्दा समेत यो विश्वविद्यालयका पदाधिकारी बाहिरका व्याक्तिलाई बनाइदा उनीहरुले विश्वविद्यालयको विकास नगरी कमाई खाने भाँडो बनाउदा विश्वविद्यालय व्यवस्थित र पारदर्शी रुपले चल्न सकेन । प्राध्यापक संघका अध्यक्ष सन्देशदास श्रेष्ठले भने, ‘हाम्रो विश्वविद्यालय हामी आफै सञ्चलन गर्न सक्षम छौँ ।’


विश्वविद्यालयका पदाधिकारी नियुक्ती राजनीतिक भागबण्डाका आधारमा हुने गरेकाले विश्वविद्यालय प्राज्ञिकभन्दा पनि राजनीतिक भागबण्डाको थलोका रुपमा विकसित हुन थालेको श्रेष्ठको भनाई छ ।


राजनीतिक भागबण्डामा बाहिरका व्याक्तिलाई उपकुलपति लगायतका पदाधिकारीमा नियुक्त गरिदा विश्वविद्यालयको प्राज्ञिक उन्नयन, शैक्षिक र भौतिक विकासमा भन्दा आफूलाई त्यो पदमा पुर्‍याउने निश्चित राजनीतिक दल र विभिन्न तहको नेतृत्वप्रति बढी उत्तरदायी हुने गरेको उल्लेख गर्दै श्रेष्ठले निकट भविष्यमा नियुक्त हुने उपकुलपति र सेवा आयोग अध्यक्ष विश्वविद्यालय भित्रैबाट नगरिए आन्दोलन गर्ने चेतावनी दिए ।


अहिलेका उपकुलपति दास नियुक्त हुँदापनि आन्तरिक प्राध्यापकबाटै पदाधिकारी नियुक्त हुनुपर्ने माग राख्दै कर्मचारी र प्राध्यापकहरुले आन्दोलन गरेका थिए । दास नियुक्त भएको तीन महिनासम्म उनको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

प्रकाशित : भाद्र ४, २०७६ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?