कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रवि पत्नी निकिता पौडेल चितवनका एसपीसहित ३ जनाविरुद्ध जाहेरी दिँदै

जनकराज सापकाेटा

काठमाडौँ — पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नी निकिता पौडेल प्रहरीमा जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी छन् ।

रवि पत्नी निकिता पौडेल चितवनका एसपीसहित ३ जनाविरुद्ध जाहेरी दिँदै

उनी बुधबार दिउँसो करिव साढे १ बजे महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन पुगेकी हुन् ।


पौडेल विद्युतीय कारोबार ऐनअनुसार ३ जनालाई कारबाही गरिपाउँ भनेर उजुरी दर्ता गराउने तयारीमा छिन् । प्रहरीले यस विषयमा छलफल गरिरहेको छ ।


पुडासैनी गएको साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित : भाद्र ४, २०७६ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?