कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

तस्बिर : अंगद ढकाल

काठमाडौँ — भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । उनी बुधबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकका लागि यहाँ आएका हुन् । नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो ।

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

दुई दिनको बसाइका क्रममा जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेटघाटसमेत गर्नेछन् । उक्त भेटघाटमा भारतको सहयोगमा निर्माण सम्पन्न भइसकेका र हुने चरणमा रहेका परियोजनाहरूमाथि पनि छलफल हुनेछन् ।

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

मोतीहारी–अमलेखगन्ज पाइपलाइन, हुलाकी राजमार्गअन्तर्गका दुईवटा सडक खण्ड र विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्पन्न भइसकेका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

बुधबार मध्याह्न काठमाडौं उत्रिएका जयशंकरलाई त्रिभुवन विमानस्थलमा उच्च सुरक्षा प्रदान गरिएको थियो ।

प्रकाशित : भाद्र ४, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?