१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नेकपा प्रदेश २ का अध्यक्ष साहले दिए पदबाट राजीनामा  

श्यामसुन्दर शशि

(जनकपुर ) — जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै सत्तारुढ नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष साहले मंगलबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालसमक्ष राजीनामा पत्र बुझाएका हुन् । 

नेकपा प्रदेश २ का अध्यक्ष साहले दिए पदबाट राजीनामा  

पार्टी एकीकरणको लामो समयपछि नेताहरुको जिम्मेवारी बाँडफाट गरिएयता उनी असन्तुष्ट बनेका थिए । नेकपाका एक नेताका अनुसार पार्टी स्थायी कमिटीमा उनको नाम नअटाएपछि उनी झन् रुष्ट बनेका थिए ।


नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेलले पार्टीका केन्द्रीय नेतृत्वका कारण अन्य पदाधिकारीहरुले पनि समस्या भोगिरहेको प्रतिक्रिया जनाए । सचिव प्याकुरेलले अध्यक्ष साहका गुनासाहरु संम्बोधन हुने र उनले राजीनामा फिर्ता लिने विश्वास व्यक्त गरे ।

कान्तिपुरसँगको फोन सम्पर्कमा प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले आफूले राजीनामा दिएको स्वीकार गरेका छन् । उनले भने, 'पार्टीभित्र गंजागोलको स्थिति सिर्जना भएको छ । प्रदेश २ कमिटीमा विद्यमान समस्या समाधान गर्न केन्द्रीय नेतृत्वले सहजीकरण गर्न चाहेनन् । बाध्य भएर राजीनामा गरेको हुँ ।'


नेकपा प्रदेश २ का ईन्चार्ज सत्यनारायण मण्डलले साहको राजीनामाबारे आफूलाई थाहा नभएको बताए ।

प्रकाशित : भाद्र ३, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?