कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

रवि लामिछानेसहित ३ जना थप ५ दिन हिरासतमा

रमेशकुमार पौडेल

चितवन — आत्महत्या दुरुत्साहन आरोपमा गिरफ्तार भएका टिभी कार्यक्रम सञ्चालक रवि लामिछानेसहित ३ जना थप ५ दिन चितवन प्रहरीको हिरासतमा बस्ने भएका छन् ।

रवि लामिछानेसहित ३ जना थप ५ दिन हिरासतमा

साउन २० गते नारायणगढको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उनीहरु बिहीबार राति काठमाडौंमा समातिएका थिए । यसअघि शुक्रबार प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिनका लागि अदालत समक्ष पेस गरेको थियो । त्यो दिन पनि पाँच दिनको म्याद पाएको थियो । जुन म्याद सोमबार सकिएको थियो ।


अनुसन्धान नसकिएको भन्दै प्रहरीले मंगलबार म्याद थपका लागि अदालत लगेको थियो । १० दिन म्याद थपको माग गरे पनि पाँच दिनमात्रै थप भएको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

प्रकाशित : भाद्र ३, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?