१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अरुणखोलामा दुईतर्फी यातायात सञ्चालन

नारायण शर्मा

(नवलपरासी) — पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा दोहोरो यातायात सञ्चालन भएको छ । सडकदेखि दक्षिणमा बनाइएको डाइभर्सन सडकमा दुई दिनको मर्मतपछि मंगलबार दिउँसो ४ बजेबाट दोहोरो यातायात सञ्चालनमा आएको हो ।

अरुणखोलामा दुईतर्फी यातायात सञ्चालन

खोला बढेर बगाएको डाइभर्सनमा सोमबार दिउँसोदेखि २ वटा डोजरले काम गरेको थियो ।


यातायात सञ्चालनपछि ४ दिनदेखि जाममा परेका मालबहाक ट्रक र साना गाडी गन्तब्यतर्फ लागेको स्थानीय चेतन पौडेलले जानकारी दिए ।


एक साताअघि अरुणखोला पुलको फलामे बारमा ट्रक ठोक्किँदा पुल भाँचिएको थियो ।


यो पनि




प्रकाशित : भाद्र ३, २०७६ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?