संसद्‌मा राँगादेखि ज्योतिषसम्मका कुरा

रासस

काठमाडौँ — भन्सार छलेर काठमाडौं भित्रिएका राँगा, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रवेश पाएको छ ।

बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैंसी नेपाल नभित्रिए पनि काठमाडौंमा म:म र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण गराए ।उनले भने, “वार्षिक रुपमा भारतबाट १० हजारको संख्यामा राँगा, भैंसी नेपाल भित्रिने गरेको छ, प्रतिराँगाभैंसी ८ सय ५६ रुपैयाँ राजश्व आउथ्यो, त्यो गुमेको छ, त्यसतर्फ सरकारको ध्यान पुगोस्।”

सांसद विमला विश्वकर्माले चिकित्सक, वकिल, इञ्जिनीयर जस्तै ज्योतिषी पेशा सञ्चालनका लागि अनुमतिपत्र अनिवार्य गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराईन्। उनले भनिन्, “ज्योतिष पेशा सञ्चालन गर्नेको ठूलो आर्थिक कमाइ भएको हुँदा उनीहरुलाई राज्यले करको दायराभित्र ल्याउन जरुरी छ, त्यसका लागि पहिले व्यवसाय सञ्चालन गर्न चाहनेका लागि अनुमति पत्रलाई अनिवार्य गर्न आवश्यक छ।”

सांसद मीनबहादुर विश्वकर्माले लोकसेवा आयोगले पछिल्लो पटक स्थानीय तहका लागि लिएको विज्ञापन र त्यसपछिको परिस्थितिको विश्लेषण गर्ने हो भने सरकार संविधान विपरीत हिँडेको तथा नागरिक सरकारलाई संविधानको पालना गर्नुस् भनेर चिच्याइरहेको जस्तो देखिने बताए।

सांसद हितबहादुर तामाङले पत्रकार पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानलाई अघि बढाउने क्रममा कानूनी राज्यको उपहास गर्ने ढंगबाट गैरसंवैधानिक नारा उठाएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए।

प्रकाशित : भाद्र ३, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्

लोकन्थलीमा सडक भासियो, ७ घर जोखिममा [तस्बिर र भिडियो]

फोटो र भिडियो: अंगद ढकाल

काठमाडौँ — भक्तपुरको मध्यपुर थिमी नगरपालिका लोकन्थलीमा सडक भासिदा ७ घर जोखिममा परेका छन् । सोमबार रातिको वर्षाले सडक भाँसिदा बाटो, ढल र खानेपानी अवरुद्ध भएको छ । सडक क्षति भएका कारण करिब एक सय परिवारलाई आउजाउ गर्न समस्या भएको छ।

थप क्षति नियन्त्रणका लागि जोखिमयुक्त क्षेत्रमा तत्काल संरक्षणका उपाय थालिनु पर्ने स्थानीयले माग गरेका छन्।









प्रकाशित : भाद्र ३, २०७६ १५:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्